पोखरा, १४ मंसिर । कोरोनाका कारण दुई वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि संचालनमा आउने भएको छ । पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १६ गतेदेखि २५ गतेसम्म उक्त मेला संचालनमा ल्याइन लागेको हो । बुधबार मेला स्थलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पवनकुमार प्रजापतिले कोरोना सकिएकै कारण यस वर्षदेखि मेला संचालनमा ल्याइएको बताउनुभयो ।
समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ नाम दिइएको उक्त मेलामा पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्य रहेको जानकारी अध्यक्ष प्रजापतिले दिनुभयो ।
–लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेलासमितिका सभापति नरेन्द्रकुमार प्रधानज्युको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको जनाइएको छ ।
मेलाको गण्डकी प्रदेशका संचार,कानून तथा प्रदेशसभा मामिलामन्त्री एवं पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।
मेलाअन्तर्गत डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी २५० स्टल रहेका र सबैजसो स्टलहरु बुकिङ भइसकेका जानकारी पनि उक्त अवसरमा दिइएको छ ।
मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेको बताइएको छ ।
सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम प्रदान समेत गर्ने बताइएको छ । मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि १ सय र विद्यार्थीको लागि ६० रुपैयाँ राखिएको छ । मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा भारी छुटको व्यवस्था मिलाइएको छ ।
पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै पोखराको शिक्षा,स्वास्थ्य र पर्यटन र कृषि क्षेत्रको विकासमा ठूलो योगदा गर्दै आइरहेको छ । यही योगदानको सतत् स्मरण एवं शिक्षा क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई यही मेलाकै अवसरमा सम्मान गरिने बताइएको छ ।
मेलाबाट अनुमानित आम्दानी १ करोडमा अनुमानित खर्च ८५ लाख कटाउँदा १५ लाख बचत हुने अनुमान गरिएको छ । यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने जानकारी सो अवसरमा दिइएको छ ।












