सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपती क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ । सिभिल
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले उक्त ट्री–गार्डहरुको हस्तान्तरण पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कमार थापालाई गर्नभएको थियो ।
सिभिल बैंकले पशुपती क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपती विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मुल्य करिब रू ८ लाख रहेको छ ।
सिभिल बैंकले यस अघि पनि पशुपती क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्कौन पाँच वर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत
बहन गर्दै आइरहेको छ ।
उक्त कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल,
पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपती क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो ।
हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पशुपती क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पुराउन पाउँदा आफुहरु लाई निकै खुशी लागेको सिभिल बैंकका नायब प्रमुख
कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले वताएका छन् ।













