– आधा चम्चा अदुवालाई महसँग मिलाई खानाले वान्ता हुन छाड्छ ।
– केही दिनसम्म पानीमा २ चम्चा मह मिलाई खाने गर्नाले वान्ता हुँदैन ।
– बिहान खालीपेट स्याउ वा अमला खानाले बान्ताको समस्या आउँदैन ।
– एकान्तमा बसी तुलसी वा रुद्राक्षको माला लिई ध्यान गर्नु, माला जप्ने गर्नाले आराम मिल्छ ।
– २ चम्चा गाईको घ्यू, १५ वटा कालो मरिच, ४ बदाम, ४ वटा अलैँची सख्खरलाई पिसेर मिलाउनुहोस् । अब यस मिश्रणलाई आधा लिटर दुधमा मिलाई खिरजस्तै बनाई बिहान बेलुका खानाले वान्ता हुँदैन ।
– चिसो पानीले नुहाउनुमा साथै फलफूल खानाले बान्ता हुँदैन ।
– पुदिना, मह वा कागती आदिको सर्वत बनाई खाने गर्नाले बान्ताको समस्या आउँदैन ।
– रातमा सिरानी मुनि अमरबेलको जरा राख्नाले बिरामीको मानसिक सोच परिवर्तन भई बान्ता हुन छाड्दछ ।
– तुलसीको पात पिसेर राती सुत्ने समयमा कनपट्टीमा मालिस गर्नाले बान्ता हुँदैन ।
– ज्योतिरमी र मुलहठीलाई बराबर मात्रामा मिलाई बिहान बेलुका खानेले बान्ता हुँदैन ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट