चीनमा त्यो वेलामा केही शहरलाई छोडेर बाँकी सबै शहरमा विदेशीलाई प्रवेश निषेध गरिएको थियो । कहिल्यै भुलेर भए पनि कुनै विदेशी त्यो शहरमा गयो भने चिनियाँ मर्न र मार्न तयार हुन्थे ।
स्वामी विवेकानन्द त्यो बेलामा चीनको यात्रामा थिए । उनलाई एउटा यस्तो शहर हेर्न मन लाग्यो जहाँ विदेशीलाई प्रवेश वर्जित थियो । दुई जर्मन यात्री पनि त्यहाँ जान चाहन्थे, तर उनीहरुले हिम्मत गर्न सकिरहेका थिएनन् ।
स्वामीले दुवै जर्मन यात्रीमा साहस जगाए र एउटा दोभाषेलाई सम्झाइबुझाइ गरेर आफूसँगै लिएर गए ।
बाटोभरि दोभाषेले स्वामीलाई सम्झाइरह्यो, अझै पनि समय छ नत्र जिन्दगी नै गुमाउनु पर्नेछ ।
तर स्वामीले उनको कुरा मानेनन्, आखिरमा उनी आफ्नो टोली लिएर त्यहाँ पुगे ।
जब चिनियाँले विदेशी आएको देखे तब उनीहरु आ–आफ्नो हतियार लिएर उनीहरुलाई मार्नको लागि आए । उनीहरु आएको देखेर जर्मन यात्री र दोभाषे डराए । तर स्वामीले कुनै डर नमानी चिनियाँहरुलाई प्रेमले हेरे र भने के तपाईंहरु आफ्ना दाजुभाइलाई प्रेम गर्नुहुन्न ?
यही कुरा दोभाषेले दोहो¥याए ।
चिनियाँ यो सुनेर स्वामीको खुट्टा समाउन थाले । त्यो दिनदेखि त्यो प्रतिबन्ध पनि हट्यो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट