एक पटक प्रसिद्ध क्रान्तिकारी यतीन्द्रनाथ गर्मीभरि दिउँसो कलकत्ताको एउटा सडकमा हिँडिरहेका थिए । बाटोमा एउटा स्थानमा उनले सडक वरिपरि धेरै ठूलो भीड देखे । यतीन्द्रनाथ भीड छिचोल्दै भित्र छिरे तब रोकिए । हेरे एउटी वृद्धा गर्मीले गर्दा भारी बोक्न असमर्थ भएर भुइँमा लडेकी थिइन् । मौखिक सहानुभूति देखाउने मानिसको कुनै कमी थिएन, तर वास्तवमा सहायता गर्नको लागि कोही पनि तयार थिएनन् ।
यतीन्द्रनाथले ती वृद्धालाई सहारा दिए र उनको भारी आफैले बोकेर भने, हिँड्नुस् आमा घर जाऔँ । घरमा पुगेर उनले सोधे, तपाईंको अरु कोही छैनन् ?
वृद्धा रुन थालिन्— एउटै छोरा थियो उसलाई महामारीले लग्यो । अब भारी बोकेर नै मन बुझाउने गर्छु ।
यतीन्द्रको मन बेचैन भयो । अश्रुपूर्ण नेत्रले उनले भने, आमा तिम्रो छोरा अझै जीवित छ । म नै हुँ तिम्रो छोरा । यति भनेर उनले ती स्त्रीको चरण छोए र रुपैयाँ दिँदै भने, आमा अब तिमीलाई कुनै कष्ट हुनेछैन । तिमीले भारी पनि बोक्नु पर्दैन ।
जबसम्म वृद्धा जीवित रहिन् तबसम्म उनले उनको पालनपोषण गरे ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट