रगतमा रहेका राता रक्तकोषमा हेमोग्लोविनको मात्र कम हुनुलाई रक्तअल्पता भनिन्छ । भोजनमा आइरनको कमी भएमा अथवा रक्तकण बढी क्षय भएमा रक्तअल्पता हुने गर्दछ । अन्य रोगको कराणले पनि रक्तअल्पता हुने हुन्छ ।
यसको उपचार गर्नुभन्दा समस्या लाग्नै नदिनु राम्रो मानिन्छ । यो समस्याबाट मुक्ति पाउने सरल उपाय भनेको दैनिक खानपानमा पौष्टिक आहार समावेश गर्नु हो ।
भोजन :
– पालुङ्गोको रस र गाँजरको रसमा मह मिलाएर पिउनु ज्यादै लाभदायक मानिन्छ ।
– त्यस्तै अनार, अंगुर, सुन्तला, मौसम, केरा, स्याउ, गोलभेँडा, चुकन्दर, बन्दा आदिको नियमित सेवन ज्यादै उपयोगी हुन्छ । यसलाई जुुसको रुपमा लिन सकिन्छ ।
– भिटामिन सी युक्त फलफूल प्रशस्त सेवन गर्नुपर्दछ । यसले आइरन ग्रहण गर्न सघाउँछ ।
– हरिया सागपातह विशेषतः पालुङ्गो, बाबरी नियमित भोजनमा समावेश गराउनुपर्दछ ।
– अन्जीर, मुनक्का दाख, खजुर पनि यसको लागि ज्यादै उपयोगी मानिन्छ ।
– मेथी, बेसार, नीमको पात पनि लाभदायक हुन्छ ।
– गहुँको जमराको रस दैनिक पिउनु अर्काे उत्तम उपाय हो ।
– चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, बन्दा आदिमा प्राकृतिक रुपमै जैविक (आइरन) तत्व पाइन्छ ।
– माछा, मासु, कलेजो, अण्डा आदिले पनि हेमोग्लोविन बन्न सघाउँछ । भने शाकाहारीको लागि दूध, र यसका परिकार, भटमास, बदाम आदि राम्रो स्रोत बन्न सक्छन् ।
– १०० ग्राम ब्राउन राइसमा ३० ग्राम कालो भट्मास र ३० ग्राम छोहरा मिलाएर पकाउने र सख्खर मिसाएर खानाले लाभ गर्छ ।
– पालुङ्गो सागसित कलेजो मिसाएर पकाउने र सुपको रुपमा खानाले लाभ गर्दछ ।
– अण्डा, कुरिलो, राजमा, ओखर आदि यो समस्यामा लाभदायक मानिन्छ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट