वर–पीपल भन्नेबित्तिकै हामी चौताराका ठूला रुख सम्झन्छौँ ।
जहाँ गर्मीमा शीतलता पाउन तथा गलेका वेला थकान मार्न बसिन्छ । तर, तिनै वर–पीपलका पात, बोक्रा र फल विभिन्न रोगका औषधि हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ ।
धार्मिक महत्वको पीपलको रुखलाई महत्वपूर्ण औषधी रुपमा पनि लिन सकिनछ । पीपलको पातमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ ।
यसको बोक्रा सुनिएको ठाउँमा, पखलाको उपचारमा, दाँत दुखेकोमा प्रयोग गर्न सकिन्छ । त्यस्तै कलिलो पातहरुलाई उमालेर कानको उपचारमा, छाला तथा चर्मरोगमा प्रयोग गर्ने गरिन्छ । पीपलको फल पनि आयुर्वेदिक औषधीमा अधिक प्रयोगमा आउँछ ।
औषधीय महत्व
– पीपलको नरम पात खाँदा तनाव कम गर्न सहयोग पु¥याउँछ ।
– पीपलको काँचो पातको रस बिहान–बेलुका एक–एक चम्चा खाएमा पेटमा ग्यास जम्मा हुने र कब्जियत निको हुन्छ ।
– पीपलको पात र बोक्राको चूर्ण दन्तमञ्जनमा मिसाएर प्रयोग गर्दा यसले दाँत बलियो हुनुका साथै दाँतसम्बन्धी रोग निको हुन्छ ।
– पीपलको पातको रसले छालामा आउने दाद, सुक्खापन कम गर्न सहयोग गर्छ ।
– वर–पीपलको जरा पानीमा भिजाएर छालामा लगाएमा चम्किलो हुनुका साथै विभिन्न समस्याबाट राहत मिल्छ ।