युववास्थाको तुलनामा बुढेसकालमा कम क्यालोरीको आवश्यकता पर्दछ । पुरुषहरुको लागि २५ वर्षको उमेरमा २९०० क्यालोरी भोजनको आवश्यकता पर्छ भने ६५ वर्ष उमेरको पुरुषको लागि जम्मा २२०० क्यालोरी भए पुग्छ ।
त्यस्तै २५ वर्षकी महिलाको लागि २१०० क्लालोरीको आवश्यकता पर्छ भने ६५ वर्षकी महिलालाई १६०० क्यालोरी भए पुग्छ । त्यसैले जति जति उमेर ढल्कँदै जान्छ पोषण तथा क्यालोरी कम भएका खानेकुरालाई बढाउँदे लानुपर्छ ।
के खाने ?
१. वृद्धहरुलाई भोजनलाई पोषक बनाउनको लागि आधारभूत भोजन धेरै मात्रामा दिनुपर्छ । आधारभूत भोजनको कारण स्वादिलो मानिने कम पोषक भएका खानेकुराहरु आफै घट्दै जान्छन् ।
२. बुढेसकालमा पाचन–प्रणाली शिथिल हुन्छ त्यसैले चिल्लो पदार्थ (घिउ, तेल, आदि) घटाउनुपर्छ ।
३. चिनीले केही भोक त मेटिन्छ तर यसबाट पोषण प्राप्त हुँदैन । चिनीको बदलामा किशमिश, छोकडा, आँप, आदि फलहरु जोड्न सकिन्छ ।
४. डिब्बाबन्द तथाकथित पौष्टिक आहारहरुको सहारा नलिएर फल, सब्जिहरुबाट पोषण प्राप्त गर्नुपर्छ ।
५. साग–सब्जि, मौसम अनुसारका फलफूलको मात्रा बढाउनुपर्छ ।
६. एक औसत व्यक्तिलाई लगभग दैनिक ६५० ग्राम ठोस आहारको आवश्यकता पर्छ भने बुढेसकालमा २५० ग्रामले पुग्छ ।
साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट