यसपाला नेपाली निर्वाचनले एउटा अभूतपूर्व संघार देखेको छ । यति धेरै स्वतन्त्र उम्मेदवारहरुको हाइप अनि परम्परागत दलहरुसंगको बढ्दो बितृष्णा किन भन्ने कुरा अबको चर्चाको बिषय हुनसक्छ । चाहे प्रत्यक्ष होस् या समानुपातिक घन्टीको समय र चर्चा चाँही धेरै छ । घन्टीका रवी लामीछाने संग डराएर नै हुनपर्दछ, प्रचण्डले नारायणी पारी पुग्ने अठोट लिएर सर्वदलीय प्रयासमा जितेर यसपटक सदन फेरि छिर्न सफल भए । कुनै समयको नेपालको सर्वाधिक चर्चित र सबैभन्दा ठुलो संसदिय दलका सुप्रिमो समेत यसरी बिकल्पको खोजीमा लागे । रवीले अन्तत जिते, धन्न प्रचण्डले इज्जत जोगाए ।
यसपटक घन्टी एउटा दल नभइकन बैकल्पिक राजनितिको मियो बनेर आयो । यसरी पचासौं वर्ष देखि लागिपरेका दलहरुलाई समेत पछाडि पार्दै घन्टी आउनुका मुख्य कारणहरु धेरै हुन सक्लान । जनताहरुको बिश्वास दलहरुले गुमाइसकेका छन्, यसमा दुइमत छैन । पटक पटक नयाँ र पुराना दलहरुले सन्को नभाचेपछि र भ्रष्टाचार र अनियमितता मा साथ दिएपछि घन्टी एउटा आशाको किरण बनेको छ । अब सबै दलका भोट बैकंहरु घन्टी बजाउन थालेका छन् । भने जस्तै काम गरेर घन्टीका उम्मेदवारले आँउदा ५ वर्षमा देखाउने हो भने चाँही अर्को पटक घन्टीले क्लीन स्वाइप हान्नेछ, यसमा पनि त दुइमत छैन ।
जनता बिकल्पको खोजीमा छन् । पुराना दलका सिमित नेताहरु बाहेक अधिकांशका भोटको अन्तर कम छ । स्वतन्त्र उम्मेदवार सागर ढकालले देउबाको गडमा गएर केव ४ महिनामा गड हल्लाइदिए । त्यो १३ हजार मतले के उदघोष गरेको छ ? के अब पनि नेपालका पुराना दलहरु सच्चीन नसक्ने ? आत्मालोचना गर्न नसक्ने ? प्रजातन्त्रको यस अभ्यासमा राजनैतिक दलहरुप्रतिको बिश्वास कम भएको संभवत नेपाल बिश्वकै पहिलो देश हुनसक्छ । दलहरुप्रतिको बितृष्णा बढ्दो थियो र त्यसलाई गठबन्धनले झनै कुरुप बनाइदियो ।
स्वतन्त्रको क्रेजमा बाबुराम पुत्री मानुषीले पनि पार्टीको झन्डा नओढेर स्वतन्त्र उठेकी भए कम लज्जास्पद हार हुन्थ्यो कि ? रविन्द्रले लगभग प्रकाशमान सिंहलाई उछिनिसकेको अवस्थामा गणेशमानको साखमा आधारित केहि थान पुराना भोटले मात्र प्रकाशमानले टाउको उठाउन पाए । नत्र त्यहाँ पनि कुरा बेग्लै हुन्थ्यो । निर्वाचन फेरि आउनेछ, परिणाम फरक हुन्छ ।
घन्टीको घडी आएको छ, आशा छ घन्टीले पुराना दलहरुबाट सिकोस् ।