
नेपाललाई व्यवसाय र उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपालभरिका तयार पोसाक व्यवसायीहरूको छाता सञ्जाल नेपाल तयारी पोसाक उद्योग सङ्घको निर्वाचन भर्खरै सम्पन्न भएको छ ।
मिति २०७९ साल भाद्र २५ गते सम्पन्न निर्वाचनमा सर्वसम्मत रूपमा नेपाल तयारी पोसाक उद्योग सङ्घको अध्यक्ष पदमा श्री पशुपति देव पाण्डे निर्वाचित हुनु भएको छ ।
वहाँको नृतत्वमा आगामी दिनहरूमा नेपालमा तयारी पोसाक उद्योगले अपेक्षाकृत उपलब्धि पाउनका साथै यस उद्योगको संस्थागत कदमहरू चालिने विश्वास व्यक्त गरिएको छ ।