नेपालीहरू को मुख्य वार्षिक उत्सव “दशैं” एक महिना मात्र टाढा छ । कोभिड लकडाउनको दुई वर्षपछि यसवर्ष भने नेपालीहरु स्वतन्त्र भएर बल्ल दशैं मनाउने तयारी र उत्साहमा त छन् तर उत्तरी छिमेकको नाका बन्द भएरका कारणले दशैं मनाउने आयातहरु देश भित्राउन असाध्यै कठिन भएको हो ।
नेपाली व्यापारीहरूले समुन्द्री नाकाबाट सामान निकासी गरिरहेका छन्, यसले लागत र झन्झट थप्दै “दशैं” पर्वलाई महँगो बनाउने स्पष्ट छ ।
सन् २०१५ को भूकम्पपछि बन्द भएको नाका २०१९ देखि अस्थायी रूपमा सञ्चालनमा आएको थियो तर सोही वर्ष चीनमा फैलिएको कोरोना महामारीका कारण नाका फेरि बन्द भएको थियो र आंशिक रूपमा मात्र सञ्चालनमा आएको थियो ।
नेपाल–चीन व्यापार सीमा भदौ पहिलो सातादेखि बन्द भएको छ । तिब्बतमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै चीनले नेपालतर्फका दुवै नाका बन्द गरेको जनाएको हो ।
चीनले तातोपानी र केरुङ नाका बन्द गरेको र यो नाका बन्द गर्दा सिंगो नेपाली जनतालाई कैयौँ पीडा भएको छ । यससँगै चीनबाट तातोपानी र केरुङ हुँदै नेपाल आउने झण्डै एक सय कन्टेनर बाटोमै रोकिएका छन् । दशैं र तिहारअघि नेपाल आउने कन्टेनर रोकिएपछि नेपाली व्यापारीले चाडपर्वका सामान चिनियाँ भूमिमा आयात गर्न रोकेका थिए ।
यससँगै नेपाली व्यापारीले चिनियाँ सीमाको विकल्पका रूपमा समुद्री मार्गबाट सामान आयात गर्न थालेका छन् । नेपाल सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले दशैंका लागि समुद्री मार्गबाट चिनियाँ सामान आयात गर्ने गरेको बताए । उनले चीन जाने बाटो बन्द गरेपछि वैकल्पिक रुपमा समुद्री मार्ग प्रयोग भइरहेको बताएका छन् । समुद्री मार्गबाट सामान आयात गर्दा बढी लागत र समय लाग्ने व्यवसायी बताउँछन् । तातोपानी र केरुङ नाकाबाट १५ देखि २० दिनमा सामान आयात गर्न सकिन्छ । तर, समुद्री मार्गबाट चीनबाट सामान ल्याउन कम्तीमा २ महिना लाग्छ । त्यस्तै, आयात खर्चमा पनि २० प्रतिशतसम्मको अन्तर रहेको व्यवसायी बताउँछन् ।