• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 13, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

    एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

    गाउँको मौलिकता कायम राख्न चुनौती

    गाउँको मौलिकता कायम राख्न चुनौती

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ: गृहमन्त्री लामिछाने

by
१ असार २०८१,
0
विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ: गृहमन्त्री लामिछाने
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३२ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताउनुभएको छ ।

विमानस्थल अध्यागमन कार्यालयको आज निरीक्षण अनुगमन गर्नु हुँदै उहाँले अध्यागमनको सेवा सुधारका लागि विगत एक दशकदेखि नै आफ्नो चासो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यागमनमा सुधार भएको छ । थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको छौँ, समितिले तीन महिनामा आफ्नो प्रतिवेदन दिने छ र अध्यागमनमा थप सुधार गर्न मद्दत गर्ने छ ।”

यसैगरी उहाँले गृह मन्त्रालय नेतृत्वको पटक–पटकको अनुुगमन र निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरु देखा पर्न थालेका दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा पछिल्लो समय हुँदै गरेको परिवर्तनको आभास अध्यागमनबाटै पाएको छु, अध्यागमन देशको प्रवेशद्वार भएकाले परिर्वतनको आवास पनि द्वारबाटै दिन खोजिएको हो ।”

यसैगरी उहाँले आफूले कार्यभार ग्रहण गरेको आज एक सय दिनको अवधिमा अध्यागमनमा आएको परिर्वतनले आफूलाई खुसी बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले मन्त्रालय सम्हालेको एक सय दिन पुुगेको अवसर पारेर एक सय दिनको सुरुवात यहीँबाट गर्न म अध्यागमन आएको हुँ, तपाईंहरुलाई उत्साह मिलोस् भन्नका लागि म यहाँ आएको हो ।”
असल नियतले राम्रो काम गर्ने कर्मचारीलाई आफ्नो सधैँ साथ रहने उहाँको भनाइ छ ।

गृहमन्त्रीसँगै अध्यागमन कार्यालय पुुग्नु भएका गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालय नेपाल सरकार र गृह मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको तुलनामा अध्यागमन कार्यालयमा सुधार भएको अनुुभूति भयो । तर, सोचेअनुसारको सुधार गर्न अझै मेहेनत गर्नुपर्ने छ, सुधार गर्नुपर्ने सन्दर्भमा मन्त्रालयमा छलफल भइरहेको छ ।”

पारदर्शी सेवाका लागि सरकारी सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपर लेस बनाउने योजना अनुसार नै काम भइरहेको गृह सचिव अर्यालले जानकारी गराउनुभयो । अध्यागमनको सेवा प्रवाहले नै देशमा हुने सेवा प्रवाहलाई झल्काउने भन्दै गृह सचिव अर्यालले दैनिक आठ हजार नागरिक आउने जाने स्थानमा चुस्त दुरुस्त सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालसहित अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली आज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयअनुगमनका लागि पुुगेको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालय, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराल तथा अन्य निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई पनि सेवा प्रवाह चुस्त दुरुस्त राख्न दिर्नेशन दिइएको थियो ।

यससँगै छुट्टै पहिचानका लागि अध्यागमन कार्यालयका कर्मचारीलाई तोकिएको पोशाकसमेत आजैदेखि सुरु भएको छ । यसले कर्मचारीलाई उत्पे्ररित गर्नुका साथै सेवाग्राहीका लागिसमेत सहजता प्रदान गर्ने विश्वास गृह मन्त्रालयले लिएको छ ।

विदेशी नागरिकले भेट्ने पहिलो सरकारी कर्मचारीका रुपमा अध्यागमन कर्मचारी रहेको र अध्यागमन सेवा प्रदान गर्ने कर्मचारी पहिचान गर्न सहज बनाउन अध्यामगनका कर्मचारीलाई अलग पहिचान दिन छुट्टै पोसाक प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

Previous Post

टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

Next Post

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान

सम्बन्धित खबर

एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति
फिचर-ब्यानर

एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)
फिचर-ब्यानर

एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था
फिचर-ब्यानर

एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

२७ मंसिर २०८२,
एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने
फिचर-ब्यानर

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

२७ मंसिर २०८२,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

२७ मंसिर २०८२,
एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्
फिचर-ब्यानर

एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

२७ मंसिर २०८२,
Load More
Next Post
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In